लेखनाथको आदर्श चोकमा बोलेरोको ठक्करबाट पैदलयात्रीको मृत्यु

पाेखरा | कात्तिक ११, २०८१

लेखनाथको आदर्श चोकमा बोलेरोको ठक्करबाट पैदलयात्रीको मृत्यु

पोखरा:  लेखनाथको आदर्श चोकमा गएराति बोलेरोको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । 


पोखरा महानगरपालिका–२९ आदर्श चोकमा बोलेरोले पैदल यात्रीलाई ठक्कर दिँदा ५७ वर्षीय सोनु खड्काको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ । 


तालचोकबाट गगनगौडातर्फ जाँदै गरेको ग ३ च ४७५७ नम्बरको बोलेरोले गएराति आदर्श चोकमा सर्लाही घर भई पोखरा–२९ बस्ने खड्कालाई ठक्कर दिएको थियो । 


बोलेरोको ठक्करबाट गम्भिर घाइते भएकी खड्काको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । 


दुर्घटनापछि बोलेरो जीप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
 

गण्डकी प्रदेशलाई खेल पर्यटनको विश्वव्यापी ‘हब’ बनाउन सकिने पर्याप्त आधार भए पनि राज्यको स्पष्ट दृष्टिकोण र लगानीको अभावमा यो क्षेत्र अझै बामे सर्न सकेको छैन ।   नेपाल खेलकुद पत्रकार मञ्च गण्ड...

थप पढ्नुहोस्

पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ ।   पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...

थप पढ्नुहोस्

बन्दीपुर ।     पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ ।   गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...

थप पढ्नुहोस्